:: Blog Home       :: motherland nepal ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: VIEW motherland nepal's BLOGS
:: व्यापारी नउठेसम्म बिजुली बल्दैन
:: देशभक्ति नेपालीको पहिलो पहिचान‏
:: विदेशमा नेपालीको एकता
:: देशभक्ति नेपालीको पहिलो पहिचान
:: प्रवासी प्रतिभाको प्रयोग
:: समयको माग नबुझने दिमाग
:: परिवर्तनकालागि "म"
:: interview/शान्ति निर्माण प्रत्रियामा प्रवासी नेपाली
:: ARCHIVES
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: December 2023
:: November 2023
:: October 2023
:: September 2023
:: August 2023
:: July 2023
:: June 2023
:: May 2023
:: April 2023
:: March 2023
:: February 2023
:: January 2023
:: December 2022
:: November 2022
:: October 2022
:: September 2022
:: August 2022
:: July 2022
:: June 2022
:: May 2022
:: April 2022
:: March 2022
:: February 2022
:: January 2022
:: powered by

Sajha.com

:: designed by
:

   
व्यापारी नउठेसम्म बिजुली बल्दैन [motherland Nepal's blog]
Blog Type:: Blog
Saturday, February 28, 2009 | [fix unicode]
 

व्यापारी नउठेसम्म बिजुली बल्दैन –अनिल पाण्डे
Published by Hamaosamaj on February 27, 2009

Dear friends, you all are welcome to participate and celebrate Sherpa Lhosar Date: 15th March 2009,Sunday Venue: Sonoma Veterans memorial Hall. Click to read more...



व्यापारी नउठेसम्म बिजुली बल्दैन


विद्युत आपूर्तिको अभावले बहुपक्षीय प्रभाव पार्ने तथ्य सबैलाई थाहा छ । झट्ट हेर्दा विजुलीको अभावमा उद्योग-कलकाराना चल्न नपाउँने भएका कारण उत्पादन हुन नसक्ने र बस्तुको मूल्य वृद्धि हुने सम्भावना मात्र देखिए पनि यसको परोक्ष प्रभाव विजुली नै नपुगेको ग्रामीण क्षेत्रमा पनि पर्न जान्छ । विजुलीको अभावमा जेनेरेटर चलाएर उत्पादन गरिएका उत्पादनको भाउ बढ्छ । त्यो महँगो बस्तु विजुलीको अनुहार नै देख्न नपाउँने दुर्गम क्षेत्रको व्यक्तिले पनि खरीद गर्दा चर्को मूल्य चुकाउनुपर्ने हुन्छ ।
हरेक दिन १६ घण्टा लोडसेडिङका कारण विश्वमै नेपालको बदनाम भएको छ । विश्वले नेपाललाई कसरी हेर्न थालेको छ त्यसको उदाहरण लेखक इभाल्ड फलसरले दिएका छन् । फागुनको दोस्रो साता काठमाडौं आएका स्लोभिनियन लेखक फलसरलाई नेपालमा आएको नयाँ परिवर्तनको बारेमा टिप्पणी गरिदिन पत्रकारले प्रश्न राखे । सन् १९७४ मा यसअघि नेपाल आएका फलसरले ुत्यतिखेर विजुली थियो अहिले छैनु भनेर फरक देखाइदिए । उनको यो टिप्पणी तत्कालका लागि हास्यरस प्रदान गर्ने आधार बनेपनि यो अत्यन्त गम्भीर सन्दर्भ हो । नेपालको दुर्गति देखेर विश्व हाँस्न थालेको यो मार्मिक उदाहरण हो ।
सरकारले विद्युत आपूर्ति बढाउने आश्वासन जनतालाई जति बाँडेपनि त्यो सबै आकासे खेती मात्र हो । आकासले बर्षा गरायो भने लोडसेडिङको अवधि घट्न सक्छ । अन्यथा सरकारी आश्वासन पूरा हुने कुनै सम्भावना देिखंदैन । विद्युत आपूर्तिसम्बन्धी जानकारी अझ भयानक रहेको छ । बर्षा नभएको र खोलाको मुहान तथा स्रोत सुक्दै गएकाले कुलेखानी जलविद्युत आयोजनाको जलाशयमा पानीको सतह अन्तिम विन्दुमा झरिसकेको छ । बर्षा नभए दुई सातापछि कुलेखानीको उत्पादन ठप्प हुने अवस्था छ । समुद्री सतहबाट १ हजार ५ सय ३० मिटर क्षमता भएको सरोवरमा हरेक दिन ४० देखि ५० सेन्टिमिटरका दरले पानी खपत भैरहेको छ । प्राविधिकहरुका अनुसार अब १० मिटर मात्र पानी प्रयोग गर्न
सकिन्छ ।
भारतबाट आपूर्ति गर्ने भनिएको बिजुली पनि तत्कालका लागि प्राप्त हुन नसक्ने देखिएको छ । विद्युत पोल मर्मत गर्न बाँकी रहेका कारण भारतबाट आपूर्ति हुने भनिएको ६० मेगावाट विद्युत तत्कालका लागि प्राप्त हुन नसक्ने अवस्था छ । नेपालमा रहेका नदीनालाको पूर्ण सदुपयोग गर्दै छिमेकी भारतलाई विजुली बेचेर धनी हुने जनताको प्रतिव्यक्ति आय बढाउने आर्थिक बृद्धिदरमा सुधार ल्याउने कुल ग्राहस्थ उत्पादन अभिवृद्धि गर्ने सपना देख्दादेख्दै नेपालका लागि विद्युत आपूर्ति एक हास्य-कथा हुन पुगेको छ । जसलाई ग्राहक बनाउने सम्भावना देखाएर जनतालाई आश्वस्त पारिएको थियो उसैसँग विजुली किन्नुपर्ने अवस्था आउनु भयानक बिडम्बना हो ।
नेपाल सरकारको तयारी र तत्परता हेर्दा आगामी चार-पाँच बर्षसम्म नेपालीले अन्धकारमै रहनु पर्नेछ । विद्युत् उत्पादनजस्तो दीर्घकालीन र ठूलो परिमाणको लगानी आवश्यक पर्ने परियोजनाका लागि नदीमा बाँध बाँधेर विद्युत् उत्पादन गृहको स्थापना गर्नु र हाइभोल्टेज प्रसारणका लागि पोल तारआदि जडान गर्नु कम्तीमा तीन-चारबर्ष लामो अभ्यासको विषय हो । आज विद्युत आपूर्तिमा जुन प्रकारको हाहाकार सिर्जना भएको छ सरकारले कम्तीमा पाँच बर्षअघि नै यस स्थितिको मूल्याङ्कन गर्न सक्नुपर्ने हो । माओवादी सशस्त्र विद्रोहलाई देखाएर जनआन्दोलन भाग दुईभन्दा अघिको सरकारले ुपानी माथिको ओभानोु हुने प्रयास गर्नसक्छ तर सम्पूर्ण दोष गृहयुद्धलाई मात्र दिन भने मिल्दैन । किनभने माओवादीले सिर्जना गरेको अवरोधका कारण विद्युत परियोजनाहरुमा २५ प्रतिशतसम्मको प्रभाव परेको हुनसक्छ । तर मूल पक्ष चािहं के हो भने तत्कालीन सरकारको अकर्मण्यताका कारण नै यो अवस्था सिर्जना भएको छ ।
मुलुकको सम्पूर्ण अवस्थालाई हेर्दा विद्युत आपूर्तिमा निजी क्षेत्रको लगानी तथा पहल अनिवार्य देखिन्छ । आज विश्वमा सफल व्यवसायका दृष्टान्त जति देखिन्छन् त्यो राज्यको पहलमा नभई नीजि क्षेत्रकै सकि्रयतामा भएको छ । नेपालको जलविद्युत उत्पादनका लागि लोभलाग्दा स्रोतहरु नदीनाला नै हुन् त्यसका लागि विभिन्न निजी क्षेत्रका संस्थाहरुलाई लाइसेन्स दिइएको जानकारीमा आएको छ । तर लाइसेन्स लिएर नदीनाला ओगट्ने काम मात्र भएको देखिन्छ । यस अवस्थालाई बुझेर सुधारका लागि राज्यले बाटो बनाउने र निजी क्षेत्रले तदारुकताका साथ उत्पादन थाल्ने काम गर्नुपर्छ । यस दिशामा जतिसक्यो छिटो निर्णय लिनु आवश्यक छ । आधुनिक विकासको सफलताका लागि एकमात्र विकल्प निजी क्षेत्रको नेतृत्व नै हो । नेपालमा विजुली बाल्न पनि यही क्षेत्र खडा हुनु अनिवार्य देखिन्छ ।

अनिल पाण्डे

   [ posted by motherland Nepal @ 10:31 PM ] | Viewed: 2129 times [ Feedback]


:

   
देशभक्ति नेपालीको पहिलो पहिचान‏ [motherland Nepal's blog]
Blog Type:: Blog
Sunday, February 08, 2009 | [fix unicode]
 

देशभक्ति नेपालीको पहिलो पहिचान‏
देशभक्ति नेपालीको पहिलो पहिचान:
अनिल
राष्ट्रभक्ति र देशभक्तिबीच कति भिन्नता छ, त्यो राजनीतिशास्त्रका ज्ञाताको जिम्मामा छोडेर यो पक्तिकार नेपालीमा यी दुवै गुण हुनर्ुपर्छ भन्न्ो मान्यता मात्र प्रकट गर्न चाहन्छ ।

हाम्रो समाजमा एक नेपालीले अर्कोलाई कुनै पनि बहानामा न्यूनीकरण गर्ने वा होच्याउने अवसरको 'सदुपयोग' गर्नु स्वाभाविक बनेको छ । एकले अर्कालाई राजनीतिक पार्टर्ीी कुनै वादका आधारमा खण्डीकृत गर्ने र 'तँभन्दा म योग्य व्यक्ति' भनेर सावित गर्ने अभ्यासमा जुटेको पाइन्छ । नेपाली कांग्रेस, एमाले, माओवादी, राजावादी वा यस्तै विशेषण लगाएर काडाकाड गर्ने प्रवृत्ति मुलुकमा जुनसुकै व्यवस्था आएपनि कायम छ । स्थायी चरित्रका रुपमा यस प्रवृत्तिले मौलाउने अवसर पाएको छ ।

के यस प्रवृत्तिले नयाँ नेपाल निर्माण होला - अवश्य हुँदैन । हामीले न्यूनतम आधार खडा गरेर सम्पर्ूण्ा नेपालीलाई समेट्ने उदार मनस्थितिको विकास गर्नैपर्छ । कुनै नेपाली कम्तिमा नेपाल र नेपालीको उन्नति र समृद्धिका लागि आप\\mनो क्षेत्रबाट विवेकको प्रयोग गरिरहेको छ भने कुनै राजनीतिक विचार वा शासन पद्धत्रि्रतिको आस्थाका कारण उसलाई अपमान गर्ने सोच सबैका लागि घातक छ । आप\\mनै उदाहरण दिएर पक्तिकार प्रष्ट पार्न चाहन्छ । यसले मुलुकमा राजतन्त्र हुँदा होस्, छयालीस सालयताको बहुदलीय पद्धतिको शासनमा होस् वा आजको माओवादीको नेतृत्ववाला सरकार चलिरहेको अवस्थामा किन नहोस्, नेपाल र नेपालीका लागि दर्ुइ शव्द बोल्ने-लेख्ने र दर्ुइ डलरको सहायता पुर्याउने अभ्यास त्यागेको छैन । त्याग्नेवाला पनि छैन । श्रमको खोजीमा आज अमेरिका आएपनि यसको मेहनतको प्रतिफल आप\\mनै जन्मस्थलमा पुग्नर्ुपर्छ भनेर यसले 'लबी' गर्दै आएको छ । एनआरएनले नेपाली नागरिकता र लगानीको अवसर पाउनुर्ुपर्छ भनेर यसले आप\\mनो विचार प्रकट गरेको र पैरवीको स्तरमा आएर कुरा अघि बढाएको पनि कति शुभचिन्तकलाई थाहा छ । यसलाई लाग्छ, यसले अन्तस्करणबाट नेपाल र नेपालीको पक्षमा सोचिरहेको छ । के सामान्य नेपाली भएर बाँच्न यसको यो सोच पर्याप्त छैन र -

हिजो केही राजनीतिक दलभन्दा पनि राजालाई देशभक्त पाएकाले यसले सोही अनुसार अभिव्यक्ति प्रकट गरेको सत्य हो । वस्तुवादी भएर बोल्न मन पराउने यस पक्तिकारले माओवादीदेखि विभिन्न राजनीतिक पार्टर्ीी देशभक्तिपर्ूण्ा कामको प्रशंसा र कमजोरीको खुलेर आलोचना गरेको छ । भोलि मात्र होइन, बाचुञ्जेल यसले यो अभ्यास छोड्दैन । लोकतन्त्र र मानवअधिकारको मार्गलाई यसले सदा सम्मान तथा अनुशरण गर्छ र आज देखिएका राजनीतिक दलहरुमध्ये उनीहरुको कामको आधारमा बढी देशभक्त देखिएको पार्टर्ीीे निकट बसेर काम पनि गर्छ । तर यसरी प्रष्ट हुनु र पारदर्शितालाई स्वीकार गर्नु आलोचनाको विषय नबनोस्, यसको यत्ति मात्र विनीत आग्रह हो ।

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको बाटोमा अघि बढिसकेको, नेपाली जनताले यसलाई समयको आवश्यकता ठहर गरिसकेको बेला, राजास्वयंले जनताको चाहना नै मेरो चाहना हो भनेर स्वीकार गरिसकेको समयमा कसैले राजतन्त्र नै फर्काउन खोज्छ भने, ऊ प्रतिगमनकारी नै हो । समयको मागलाई बुभ\\mनु नै वैज्ञानिकता हो । जस्तो, भेरिएबल्स -ख्बचष्बदभिक) नै बदलिएको अवस्थामा अनुसन्धानकर्ताको निष्कर्षबदलिनु अवैज्ञानिक हुँदैन । जहाँसम्म मानवीय कमजोरीका कुरा छन्, यो पक्तिकारमा पनि हुनसक्छन् । तर त्यसलाई पहाड बनाउने अभ्यासले नयाँ नेपाल बन्न सक्तैन ।

यस पक्तिकारले सर्न्दर्भअनुसार आप\\mनै उदाहरण दिए पनि यो सबैका लागि लागू हुने नियम हो भन्ने कुरामा यो विश्वस्त छ । खासगरी परदेशी बनेका नेपालीले एक-आपसमा एकता पर््रदर्शन गर्ने मान्यता बनाउँनर्ुपर्छ । यस कार्यमा हामी सफल हुनसकौं, यही 2009 शुभकामना ।



motherland-nepal@hotmail.com

   [ posted by motherland Nepal @ 09:10 PM ] | Viewed: 2370 times [ Feedback]


:

   
विदेशमा नेपालीको एकता [motherland Nepal's blog]
Blog Type:: Blog
Monday, January 19, 2009 | [fix unicode]
 

??????? ???????? ????
Published by Hamaosamaj on January 17, 2009

Up coming events of Bay area and beyond, please visit to know what\'s happening in our society -(hamrosamaj)

.











.

??????? ???????? ????
-???? ??????
anilmelvin@hotmail.com

???? ??????? ?? ????? ?????? ????? ???? “????? ????? ???????? ??????? ???????? ????? ????? ??????? ????? ????? ? ?????? ???? ? ???? ??????????? ????????????? ?? ?

???????? ??? ?????? ? ??????? ???? ???? ????? ?????????? ????? ???? ?????? ??????? ??????? ???????? ? ??????? ?? ?? ????????? ???? ??? ?????? ?????? ?? ????? ???????? ?????? ????? ????????? ????? ?????? ? ?? ??????????? ???? ??? ??????? ????? ????????? ????????? ??????? ???????????????? ???????_?????????? ???? ????? ?? ??? ???????? ??????? ????????? ?????? ???????????????? ????? ??????????? ??????? ?????? ????????? ?????? ? ????? ????? ???????? ?????? ????????????? ? ? ???????? ?????????? ?????????? ????????? ??? ???? ?????????? ???? ??????? ??? ?

?? ??????????? ?? ????? ??? ??????? ????????? ????? ?? ???? ?????? ???????????? ????? ???????? ??????? ??????? ????? ?????? ??????? ???? ??????? ??????????? ?????? ?????? ??????? ?? ?? ????????? ???? ????? ???? ?? ???????? ?? ???? ???????? ????? ????????? ? ??? ???? ????? ??????? ??????? ???? ???????? ?? ??????? ??????? ??????? ????? ?????????? ???? ?????? ? ????? ????? ? ????????? ????? ????? ??????????? ???? ??????? ????? ????? ? ???? ?? ???????? ?????? ????? ???? ????? ? ???? ?????? ?????????? ?? ???????? ???????? ? ??????? ?? ???????? ???? ????? ?????? ?? ????? ?????? ????? ???????? ?????? ???? ??????? ?

?? ????????? ??????? ??????? ?? ?????? ?????? ???? ??????? ? ???????? ?? ?????? ???? ???? ? ???? ?? ???? ??? ?? ????? ?????? ? ??? “???????? ????? ???? ???????? ???? ?????????? ??? ??????? ??????? ??????? ???? ??????? ??????? ? ???????? ????????? ?????? ? ???????? ??? ????? “?? ??????? ???? ???????? ???? ????????? ????????? ? ????? ?????? ??????? ????????? ? ??????? ???? ???? ?????????? ! ??????? ?????? ?????? ????? ??????? ??????? ?????? ?????????? ??? “? ???? ???? ?? ? ???? ???? ???? ???? ???? ??????? ????????? ???? ??????? ?????? ?????? ??????? ???? ?? ???? ? ! ???? ????? ??????? ? ?????? ????? ?????? ? ?????? ??? ?????? ?????? ??????? ???????? ????? ???????????? ???? ? ???? ???? ?? ? ???? ????-???? ???? ??????? ????? ???????? ? ? ? ?????? ?????? ???? ???? ??? ??????? ????? ???? ???????? ???? ????-?????? ????? ?????? ? ?????? ???? “? ???? ???? ?? ? ???? ????? ???? ?????? ??????? ????? ????????? ? ???????? ? ???????-??????? ???????? ?????? ???? ?? ? ???? ?? ????? ?????? ??????? ?????? ? ?????? ??????? ???? ?????? ??? ? ?? ???? ?????? ???? ?????????? ?? ???? ???? ??????????? ?????? ????????? ???? ? ? ????? ??????? ?? ???? ?? ? ! ??? ???? ?????? ?? ???? ??????? ?????? ??????? ??????-??? ????? ?? ??????? ??????? ? ????? ????? ???????- ?? ?? ?? !

?? ????? ???? ???? ???????? ??????? ????? ?? ??????? ?????? ??? ? ?????????? ?????????? ???? ???? ????-???????????? ????? ?????? ??????? ??????????- ???? ?????? ? ????? ?? ???? ???????? ????????? ?????????? ?????? ? ???? ?????? ????????? ?????? ??????? ??? ???? ???? ??? ??????? ???? ?????????? ????? ????????? ? ???????? ?????? ? ?????? ????? ??????????? ???????? ?????? ??????? ????? ? ??????? ???? ????-???? ???? ?? ???? ???????????? ?????? ??? ???? ??????? ????????? ?????? ? ? ?????? ???? ? ?????? ?????? ????? ? ????? ???? ???????? ???????_?????????? ???? ??????? ??????? ????? ? ?????? ??? ?????? ?????? ??????? ????? ??????? ???? ??????? ??????? ? ?

???? ????????? ??????? ????? ???????? ??????? ??????? ?????? ????? ????? ?? ? ?? ??????? ??????????? ???? ?? ? ???? ????????? ????????? ?????? ???????? ?????? ????? ?? ???? ??? ?????? ???????? ????? ????????? ???? ??????? ???????? ???? ?????? ???? ? ??? ?????? ? ?????? ???????? ????? ????? ?? ??? ???????-??????? ???????? ???? ?????????? ???????? ????? ??? ????? ?

??????? ?????? ????? ?????? ??????????? ????? ????????? ?????????? ????? ????? ??????? ????? ? ? ????? ?????? ????? ????? ???????? ????? ?????? ????? ???? ?? ????? ?????? ?? ????????? ??? ? ???? ???????? ?? ??????? ????? ????? ????? ??? ????? ? ? ??? ????? ??? ?????? ???????? ??????????? ??? ???? ????? ????? ?????? ?????????????? ???????? ????? ?????? ???? ???????? ???? ???? ????????? ?????? ?? ????? ????? ???????? ? ? ??????? ????-?????? ?????????? ???? ?????? ???????? ?? ?????? ???? ??? ? ?????? ?????? ?????? ??????? ??? ? ???? ???? ???? ??????? ?? ??? ??? ??? ? ?????? ???? ????? ???? ??????? ? ?????????? ?????????? ????? ??????? ????? ????? ???????? ? ???? ??????? ?- ????? ????? ?? ????????? ?? ????? ????? ?
anil pandey
www.themotherlandnepal.org
anilmelvin@hotmail.com

   [ posted by motherland Nepal @ 01:53 AM ] | Viewed: 2116 times [ Feedback]


:

   
देशभक्ति नेपालीको पहिलो पहिचान [motherland Nepal's blog]
Blog Type:: Blog
Tuesday, December 23, 2008 | [fix unicode]
 

अनिल पाण्डेका दुई लेख -
1 देशभक्ति नेपालीको पहिलो पहिचान र
2 पूर्वाग्रह होइन सत्याग्रहतिर लागौं
Published by Hamaosamaj on December 20, 2008

Up coming events of Bay area and beyond, please visit to know what\'s happening in our society(hamrosamaj)

1. देशभक्ति नेपालीको पहिलो पहिचान
अनिल पाण्डे
anil pandey
anilmelvin@hotmail.com
www.themotherlandnepal.org

राष्ट्रभक्ति र देशभक्तिबीच कति भिन्नता छ त्यो राजनीतिशास्त्रका ज्ञाताको जिम्मामा छोडेर यो पक्तिकार नेपालीमा यी दुवै गुण हुनुपर्छ भन्न्ो मान्यता मात्र प्रकट गर्न चाहन्छ ।
हाम्रो समाजमा एक नेपालीले अर्कोलाई कुनै पनि बहानामा न्यूनीकरण गर्ने वा होच्याउने अवसरको सदुपयोगु गर्नु स्वाभाविक बनेको छ । एकले अर्कालाई राजनीतिक पार्टी र कुनै वादका आधारमा खण्डीकृत गर्ने र तँभन्दा म योग्य व्यक्तिु भनेर सावित गर्ने अभ्यासमा जुटेको पाइन्छ । नेपाली कांग्रेस एमाले माओवादी राजावादी वा यस्तै विशेषण लगाएर काडाकाड गर्ने प्रवृत्ति मुलुकमा जुनसुकै व्यवस्था आएपनि कायम छ । स्थायी चरित्रका रुपमा यस प्रवृत्तिले मौलाउने अवसर पाएको छ ।
के यस प्रवृत्तिले नयाँ नेपाल निर्माण होला अवश्य हुँदैन । हामीले न्यूनतम आधार खडा गरेर सम्पूर्ण नेपालीलाई समेट्ने उदार मनस्थितिको विकास गर्नैपर्छ । कुनै नेपाली कम्तिमा नेपाल र नेपालीको उन्नति र समृद्धिका लागि आपुनो क्षेत्रबाट विवेकको प्रयोग गरिरहेको छ भने कुनै राजनीतिक विचार वा शासन पद्धतिप्रतिको आस्थाका कारण उसलाई अपमान गर्ने सोच सबैका लागि घातक छ । आपुनै उदाहरण दिएर पक्तिकार प्रष्ट पार्न चाहन्छ । यसले मुलुकमा राजतन्त्र हुँदा होस् छयालीस सालयताको बहुदलीय पद्धतिको शासनमा होस् वा आजको माओवादीको नेतृत्ववाला सरकार चलिरहेको अवस्थामा किन नहोस् नेपाल र नेपालीका लागि दुई शव्द बोल्ने-लेख्ने र दुई डलरको सहायता पुर्याउने अभ्यास त्यागेको छैन । त्याग्नेवाला पनि छैन । श्रमको खोजीमा आज अमेरिका आएपनि यसको मेहनतको प्रतिफल आपुनै जन्मस्थलमा पुग्नुपर्छ भनेर यसले ुलबीु गर्दै आएको छ । एनआरएनले नेपाली नागरिकता र लगानीको अवसर पाउनुपर्छ भनेर यसले आपुनो विचार प्रकट गरेको र पैरवीको स्तरमा आएर कुरा अघि बढाएको पनि कति शुभचिन्तकलाई थाहा छ । यसलाई लाग्छ यसले अन्तस्करणबाट नेपाल र नेपालीको पक्षमा सोचिरहेको छ । के सामान्य नेपाली भएर बाँच्न यसको यो सोच पर्याप्त छैन र
हिजो केही राजनीतिक दलभन्दा पनि राजालाई देशभक्त पाएकाले यसले सोही अनुसार अभिव्यक्ति प्रकट गरेको सत्य हो । वस्तुवादी भएर बोल्न मन पराउने यस पक्तिकारले माओवादीदेखि विभिन्न राजनीतिक पार्टीका देशभक्तिपूर्ण कामको प्रशंसा र कमजोरीको खुलेर आलोचना गरेको छ । भोलि मात्र होइन बाचुाजेल यसले यो अभ्यास छोड्दैन । लोकतन्त्र र मानवअधिकारको मार्गलाई यसले सदा सम्मान तथा अनुशरण गर्छ र आज देखिएका राजनीतिक दलहरुमध्ये उनीहरुको कामको आधारमा बढी देशभक्त देखिएको पार्टीको निकट बसेर काम पनि गर्छ । तर यसरी प्रष्ट हुनु र पारदर्शितालाई स्वीकार गर्नु आलोचनाको विषय नबनोस् यसको यत्ति मात्र विनीत आग्रह हो ।
नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको बाटोमा अघि बढिसकेको नेपाली जनताले यसलाई समयको आवश्यकता ठहर गरिसकेको बेला राजास्वयंले जनताको चाहना नै मेरो चाहना हो भनेर स्वीकार गरिसकेको समयमा कसैले राजतन्त्र नै फर्काउन खोज्छ भने ऊ प्रतिगमनकारी नै हो । समयको मागलाई बुभुनु नै वैज्ञानिकता हो । जस्तो भेरिएबल्स ख्बचष्बदभिक नै बदलिएको अवस्थामा अनुसन्धानकर्ताको निष्कर्ष बदलिनु अवैज्ञानिक हुँदैन । जहाँसम्म मानवीय कमजोरीका कुरा छन् यो पक्तिकारमा पनि हुनसक्छन् । तर त्यसलाई पहाड बनाउने अभ्यासले नयाँ नेपाल बन्न सक्तैन ।
यस पक्तिकारले सन्दर्भअनुसार आपुनै उदाहरण दिए पनि यो सबैका लागि लागू हुने नियम हो भन्ने कुरामा यो विश्वस्त छ । खासगरी परदेशी बनेका नेपालीले एक-आपसमा एकता प्रदर्शन गर्ने मान्यता बनाउँनुपर्छ । यस कार्यमा हामी सफल हुनसकौं यही शुभकामना ।

2. पूर्वाग्रह होइन सत्याग्रहतिर लागौं
अनिल पाण्डे

लोकतन्त्र मानवअधिकार र शान्तिको बाटो अंगीकार गर्ने व्यक्तिका लागि पूर्वाग्रह होइन सत्याग्रहको बाटो उपयोगी हुनसक्छ । तर हाम्रो समाजमा यत्रतत्र पूर्वाग्रह मात्र मौलाइरहेको छ । समाजलाई बाटो देखाउने अग्रज वा नेतृत्वमा रहेका व्यक्तिहरुमा पानि पूर्वाग्रह रोम-रोममा लुकेको देखिन्छ ।
यस कुराको पछिल्लो उदाहरण बनेको छ काठमाडौं उपत्यकाबाट प्रकाशित एक बहुचर्चित हिमाल पाक्षिक खबर पत्रिका । उसले पुसको दोस्रो अंकमा माओवादी पार्टी त्यसका नेता र भ्रात्रृ संगठनहरुलाई जसरी लेखेको छ त्यो कत्ति पनि सन्तुलित लाग्दैन । प्रधानमन्त्री तथा त्यस पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि नेता मन्त्री सबैलाई कोण-कोणबाट प्रहार गरेको छ । शाही ठाँटु भनेर प्रचण्डले व्याडमिन्टन खेलिरहेको तस्वीरसहितको आलेखमा ७० हजार रुपियाँ तिरेर खाट किनेको सन्दर्भलाई छोडेर कुनै पनि विषय शाही ठाँट भन्नमिल्ने देिखंदैन । जस्तो आलेखमा भनिएको छ सर्वहाराको मुक्तिका लागि भनी १० वर्ष चलाइएको जनयुद्धु मा झण्डै १४ हजारको ज्यानको बाजी लगाएर सत्तामा पुगेको नेकपा माओवादीका नेताहरुको जीवनशैली घरानियाँ बन्दै गएको छ । घरानियाँ बन्नुको आधार पढ्दा विशेष केही लाग्दैन । आलेखमा अगाडि भनिएको छ-
प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल खानामा घिउ हालेको लोकल मन्सुली चामलको भातसँगै नियमित लोकल कुखुरा र खसीको मासु मन पराउँछन् । मासको दाल काउली आलु र रायोको साग पाए उनको रुचि बढ्छ । खानपानसँगै पहिरनका पनि सौखिन प्रम दाहाल औपचारिक कार्यक्रममा सुट र घर बस्दा लुङ्गी वा ट्याकसुट लगाउँछन् । प्रमसँग २० जोर सुट र करिब एकदर्जन पाइन्ट भएको उनका स्वकीय सचिव बिके श्रेष्ठ बताउँछन् । यसबाहेक एकदर्जनभन्दा बढी सर्ट ज्याकेट स्वेटर भेस्ट र ट्याकसुट छन् । कालो छालको जुत्ता मन पराउने प्रम दाहालसँग बाँसबारी स्कार्य र टिपटपजस्ता स्वदेशी कम्पनीकै सात जोर जुत्ता छन् ।
एक मुलुकका प्रधानमन्त्री र पार्टीको नेता सन्तुलित खाना खाने व्यायाम गर्ने र मस्तिष्क उर्वर राख्न मनोराजनमा पनि सकि्रय हुने अवस्था स्वाभाविकै हो । हो माओवादी नेताहरु ब्ढी उपहार ग्रहण गर्नतिर आकर्षित हुँदै जाने होभने परिणाम घातक हुनसक्छ । किनभने कसैले पनि कुनै स्वार्थबिना उपहार िदंदैन । जस्तो आलेखमा भनिएको छ ……। प्रधानमन्त्री बनेपछि आपुना लागि कपडा नकिनेका प्रम दाहालको आवश्यकता उपहारकै लुगाबाटै टरेको छ ।

राज्य पुनस्रंरचना तथा संस्कृतिमन्त्री एवं माओवादी केन्द्रीय सदस्य गोपाल किराँतीलाई युद्धकालमा मदिरा पिउनेलाई “भाटे कारबाही” गरेको आजैजस्तो लाग्छ तर आजभोलि उनी आफैं थकान मेट्न सुत्नुअघि नियमित मदिरा पिउँछन् त्यो पनि स्कच ह्विस्की भनेर आलेखमा टिप्पणी गरिएको छ । मन्त्री किराँतीले महिनामा एक पटक मात्र नुहाउने गरेको प्रसंगलाई पनि क्याप्सनमा महत्व दिएको छ । माओवादी नेताका दुईवटा ल्यापटप भएको विषयमा पनि पत्रिकाले आपत्ति जनाएको देखिन्छ । यो विषय पत्रिकाको पूर्वाग्रही मानसिकता प्रकट गर्न पर्याप्त छ ।
मजदुर नाम बदनाम माओवादी मजदुर युनियनको दादागिरी र अराजकताले सिङ्गो मजदुर आन्दोलनलाई नै बदनाम गरेको छु भन्ने शीर्षकका साथ प्रकाशित त्यसै अंकको अर्को आलेख पनि पूर्वाग्रहको पराकाष्ठा लाग्छ । आलेख सुरु गर्दै भनिएको छ ुमाओवादी मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले २०६३ साउनमा राजधानीका सात वटा क्यासिकनोमा कर्मचारीको तलव-सुविधा वृद्धि र युनियकन अधिकारको माग गर्दै आन्दोलन शुरु गर्यो । तर त्यस लगत्तै व्यवस्थापनसँग मिलेर दुई हजार माओवादी कार्यकर्ता र नेताका नातागोतालाई जागिर दिलाई कामदारको तलव-सुविधाको माग छाडेर आन्दोलन फिर्ता लियो । समाचारको प्रारम्भमै अन्य सन्दर्भ पनि उठाइएका छन् त्यसले पनि सन्तुलन देखाउँदैन । समाचार पूरै पढ्दा के देखिन्छ भने सो समाचार लेख्ने पत्रिकाको प्रकाशन गृहमा माओवादी मजदुरले आन्दोलन गरेका छन् । त्यसकै झोकमा माओवादी पार्टीलाई सुनियोजित ढंगले आलोचना गरिएको हो ।
समाचारलाई सन्तुलित बनाउन व्यापारीको उद्धरण गर्न त खोजिएको छ तर त्यो उद्धरण विश्वसनीय लाग्दैन । ……बारा-पसा्र औद्योगिक करिडोरका एक उद्योपति यतिसम्म भन्छन् बाहिर जेसुकै भनेपनि उनीहरु आन्दोलनका आडमा कि यति पैसा देऊ कि हाम्रा कार्यकर्तालाई जागिर देऊ भन्छन् । त्यसलाई नमाने मात्रै अरु कुरा उठाउँछन् । घरीघरी विभिन्न कम्पनीमा भइरहने आन्दोलनमा उठाइएका माग र त्यसपछि भएका सहमतिमा कुनै तारतम्य नभेटिनु त्यसकै दृष्टान्त हो । आक्कलझुक्कल कामदारलाई स्थायी गर्ने नियुक्तिपत्र दिने तलब-सुविधा बढाउनेजस्ता मजदुर हितसँग जोडिने केही सहमति भइहाले पनि विरलै कार्यान्वयन हुन्छन् । कारण भित्री रुपमा त्यहाँ मजदुर होइन माओवादीको राजनीतिक-आर्थिक फाइदाका लागि सहमति हुने गर्दछ ।
राष्ट्रिय रुपमा उचाइ हासिल गरेको त्यस पाक्षिकबाट समेत पूर्वाग्रहभन्दा माथि उठेर व्यवहार हुन सक्तैन भन् अरुबाट के अपेक्षा गर्ने यसले हाम्रो समाजको आग्रहपूर्ण मनस्थिति उजागर गरेको छ । नयाँ नेपालको निर्माणमा नयाँ मनस्थिति र मस्तिष्कको खाँचो देखिन्छ । यतातिर बाटो देखाउने काम राज्यको चौथो अंगबाटै हुनुपर्छ जसले गर्दा आम परिवर्तन तथा नागरिकको व्यवहारमा परिवर्तन आउन सकोस् । यो उदाहरण देखाउने काम जसले गरेपनि हुन्छ तर कुरा के भने साचारमाध्यमबाट यो काम भए एकसाथ व्यापक प्रभाव पर्नेथियो । पक्तिकारको आशय यत्ति मात्र हो ।

   [ posted by motherland Nepal @ 11:34 PM ] | Viewed: 1588 times [ Feedback]


:

   
प्रवासी प्रतिभाको प्रयोग [motherland Nepal's blog]
Blog Type:: Blog
Wednesday, December 17, 2008 | [fix unicode]
 


प्रवासी प्रतिभाको प्रयोग
अनिल पाण्डे

मैले मुलुकबाट के पाएँ होइन मबाट मुलुकले के पायो भनेर सोचु यो भनाइ यस लेखकको होइन । तर जब म मुलुकलाई सम्झन्छु लामो समयदेखि अमेरिकामा बस्दै आएको सम्झना हुन्छ र मुलुकलाई मैले जे-जति योगदान दिनुपर्ने हो र दिनसक्ने सम्भावना थियो त्यो गर्न सकिनँ कि भनेर गम्भीर बन्न मन लाग्छ । राजनीति कला मनाराजनका क्षेत्रबाट सामाजिक सेवा गर्ने सम्भाबना थियो त्यो काम प्रवासी बनेका कारण पूरा हुन नसकेकोको त होइन म आफैलाई प्रश्न गरिरहेको हुन्छु । त्यसैले मुलुकको सेवाका लागि यहाँबाट गर्नसक्ने कुनै काम गर्न पाउँदा मलाई अत्यन्त प्रसन्नताको अनुभूति हुन्छ ।
प्रवासतिर लाग्नेहरुबीच एक समानता छ । मुलुक छोडेर बाहिर जाने कुनै पनि नेपाली बेकम्मा छैन । कुनै न कुनै प्रकारको प्रतिभा बोकेर नै ऊ बाहिरिएको हुन्छ । एक दशक लामो द्वन्द्वका समयमा त कुनै पनि उपायले देश छोड्ने र ज्यान जोगाउने लहर नै चल्यो । हिजोका विद्रोही माओवादीहरु सत्तामा पुगेर संस्थापन पक्ष बनिसकेको अवस्थामा ज्यानको जोखिम टरेको छ तर प्रतिभा पलायनको लहर रोकिएको छैन । डा। बाबुराम भट्टराईको नयाँ बजेटले पनि प्रवासी प्रतिभाको प्रयोग गर्ने मानसिकता देखाउन सकेन । उनले पछिल्लो पटक बिबिसी नेपाली सेवासँग कुराकानी गर्दै पूर्व-पश्चिम रेलमार्ग काठमाडौं-हेटौंडा जोड्ने सुरङ मार्गजस्ता विकासका सयौं परियोजना सुरु हुने र विदेश गएका प्रतिभा स्वतः आकर्षित हुने दावी गरेका छन् तर उनले भनेझैं प्रतिभाहरु फर्किहाल्न भने सहज देिखंदैन । मुलुकमा केही हदसम्म भौतिक शान्ति छाएपनि मानसिक शान्तिको आगमन भएको छैन । नयाँ नेपालको परिकल्पना साकार पार्न चाहिने एकतापूर्ण उर्जा जुट्न सकिरहेको छैन । शान्तिले दीर्घकालिक स्वरुप प्रकट गर्न पाएको देिखंदैन ।
त्यसो त हाम्रो गाउँ राम्रो गाउँ नयाँ नेपाल स्वस्थ नेपाल अक्षर चिनौं सभ्य बनौंआदि अभियानका साथ आएको पैसठ्ठी-सैसठ्ठी सालको बजेटले शान्तिलाई बेवास्ता गरेको छैन । द्वन्द्वपीडित सहिद परिवारलाई छुट्याइएको बजेटका हरफहरुले शान्तिकै कामना गरिरहेको देखिन्छ । शिक्षामा ३८ अर्ब र स्वास्थ्यमा १५ अर्बको विनियोजनले पनि शान्तिलाई नै सघाउन सक्छ । २३६ अर्व रुपियाँको बजेटले पलायन भएका प्रतिभालाई आकर्षक विकल्प दिन र पूँजी विस्तार गर्न जसरी व्यापक दृष्टिकोण राख्नुपर्ने थियो त्यो हुन सकेको छैन । यस दिशामा ध्यान दिइएको भए ुउद्देश्य के लिनु उडी छुनु चन्द्र एकु को मानसिकता बोकेको बजेटले चन्द्रमाभन्दा निकै नजिकका नेपालीलाई बिस्रने थिएन । उनीहरुसँग प्रतिभा र पूँजी दुवै छ उनीहरु महत्वाकांक्षी बजेटका पूरक शक्ति हुनसक्छन् भन्ने यथार्थ मनन गर्ने थियो ।
शरीरको कुनै अंगमा लागेको घाउ निको पार्न अबको युगमा घाउ नै पहिलाएर सिवाजलको धुलो छर्किनु पर्दैन सद्देजस्तो लाग्ने पाखुरामा सुई रोपे पनि हुन्छ । अझ यो विधि सरल पनि हुन्छ । मुलुकमा शान्ति कायम गर्नु आजको पहिलो आवश्यकता हो । तर शान्तिका लागि शान्ति होइन विकास र समृद्धिका लागि शान्ति कायम गर्न सकियो भने यो चिरस्थायी हुनसक्छ । विगत केही वर्षदेखि सरकार शान्ति तथा पुनर्निमार्ण मन्त्रालय नै गठन गरेर लागिपरेको छ । यो स्वागतयोग्य कार्य हो । तर यो घाउ पहिलाएर सिबाजल छर्किने प्रकृतिको कार्य भयो । घाउलाई चारैतिरबाट सुकाउँदै ल्याउने होभने आर्थिक सामाजिक राजनीतिक प्राविधिक हरेक पक्षबाट यसको उपचार हुनुपर्छ । यस्तै उपचार हुनुपर्ने पक्ष हो प्रवासमा छरिएर रहेको नेपालीको मन । शान्तिका लागि स्वदेश-विदेश भित्र-बाहिर भौतिक-मानसिक सबै पक्षमा एकसाथ प्रयास हुनुपर्छ । शान्ति अभियान एक्लो कुनै मन्त्रालय वा संस्थाबाट मात्र पूरा हुनसक्ने विषय होइन । यो सहकार्य र एकतापूर्ण अभियानका माध्यमले मात्र पूरा हुनसक्ने व्यापक प्रभावको पक्ष हो । त्यसैले सरकारका तर्फबाट यसको समायोजन र नेतृत्वका लागि संगठित संस्था खडा हुनु स्वागतको विषय हो ।
तर दुखका साथ भन्नुपर्छ शान्ति मन्त्रालयले शान्तिका लागि योगदान दिने संकेत देखाउन सकिरहेको छैन । माओवादी सरकारमा आएपछि यसक्षेत्रमा लहर आउने सपना पालेर बसेका जनतालाई केही सुखद् लक्षणहरु देखाइदिने समय गुजि्रन लागिसकेको छ । साँचो अर्थमा शान्ति मन्त्रालय जहाँ शान्तिको सबैभन्दा बढी आवश्यकता छ त्यहाँ पुग्न सकेकै छैन । यसले प्रवासमा रहेका नेपालीका मनदेखि मुलुकभित्रै रहेका दुर्गम गाउँ र वस्तीका घाउसम्म मलम लगाउन तत्पर हुनुपर्छ । स्थानीय स्तरसम्म शान्ति पुर् याउनका लागि शान्ति मन्त्रालयका तर्फबाट भएका गतिविधि के हुन् भनेर खोज्ने हो भने ३२ जिल्लामा गठन भएको शान्ति समिति मात्र देखापर्दछ । एक-दुई जिल्ला शान्ति समितिले एक-आध गतिविधि गरेतापनि प्रायः सबै बैठकसम्म साचालन नगरी बसेका छन् ।
सरकारले सफलता चाहने होभने महत्वाकांक्षी बजेट र नीति तथा कार्यक्रममा प्रवासी नेपालीको पाटोलाई थप गर्न ढिलाइ गर्नुहुन्न । यस समूहसँग सीप क्षमता ज्ञान र पूँजी सबै छ । कुनै अक्षम नेपालीले नेपाल छोडेर बाहिर गएको एउटा मात्र उदाहरण पाउन सकिन्न । किनभने क्षमताहीन कुनै पनि व्यक्ति मुलुक त के घर छोडेर बाहिर निस्कन पनि डराउँछ । प्रवासी नेपाली भनेको निडरहरुको जमात हो । करिव २५ लाखको परिमाणमा नेपाली आजको मितिमा प्रवासी बनेको अनुमान छ । यस आधारमा सरकारले हरेक कार्यक्रममा यो समूहलाई सम्बोधन गर्न छुटाउनु भनेको आफ्नै असफलता निम्त्याउनु मात्र हो ।
आज माओवादीको नेतृत्वमा गठन भएको सरकारसँग जनताले अवश्य नै ठूलो अपेक्षा गरेका पनि छन् । यो लेखक पनि वर्तमान सरकार सफल हुनैपर्छ भन्ने मान्यता राख्दछ । त्यसैले अभियानका रुपमा सरकाले प्रवासी नेपालीलाई परिचालन गर्ने कार्यक्रमको घोषणा गर्नुपर्छ । के कार्यक्रम हुनसक्छ कुन रणनीति अपनाउन सकिन्छ भन्ने विषयमा बसेर छलफल चलाउन सकिन्छ । समयमै चेतना होस्

   [ posted by motherland Nepal @ 12:14 PM ] | Viewed: 1507 times [ Feedback]


: